संसदीय सुनुवाइ समितिले निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानको नाम अस्वीकृत गरेको छ।

सोमबार साँझ बसेको संसदीय समितिको बैठकले प्रधानको नाम अस्वीकृत गरेको हो।

बैठकअघि नै प्रधानले आफ्नो नाम फिर्ता लिए पनि समितिको कार्यविधिमा कुनै पनि व्यक्तिलाई स्वीकृत वा अस्वीकृत गर्ने मात्रै व्यवस्था अनुसार उनको नाम अस्वीकृत गरेको हो।

प्रधानविरुद्ध एक महिलाले यौन शोषण गरेको र अदालतमा मुद्दा दायर गरेपछि पैसा दिएर मिलापत्र गराएको भन्दै उजुरी गरेकी थिइन्। त्यसपछि उनीमाथि नैतिकताको प्रश्न उठेको थियो।

असार २ गते संवैधानिक परिषदको बैठकले प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिस गरेको थियो।

सोमबार संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको छलफलले प्रधानको नाम अनुमोदन गर्न नसक्ने निश्कर्ष निकालेको थियो । त्यसपछि प्रधानले नाम फिर्ताका लागि निवेदन दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय