रुकुम पश्चिमस्थित आठबिसकोट नगरपालिकाले आफ्ना निर्माण उपकरण भाडामा लगाएर उठाउनुपर्ने ठूलो परिमाणको राजस्व हालसम्म दाखिला नगरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको आन्तरिक आय (आ.व. २०८०/०८१, मिति २०८०–१०–१८) सम्बन्धी प्रतिवेदनअनुसार नगरपालिकाले तयार गरी लागू गरेको “यान्त्रिक उपकरण भाडामा लगाउने तथा राजस्व योजनामा योगदान गर्ने कार्यविधि, २०७५” अनुसार तोकिएको दरमा राजस्व असुली हुन नसकेको हो ।

कार्यविधिअनुसार
•स्काभेटर (प्रति घण्टा) : रु. २,५००
•ब्याकहो लोडर (प्रति घण्टा) : रु. १,५००
•स्काभेटर ब्रेकरसहित (प्रति घण्टा) : रु. ३,२००

नगरपालिकाले उपलब्ध गराएको लगबुक विवरणअनुसार चालु आर्थिक वर्षमा स्काभेटर ६६० घण्टा र ब्याकहो लोडर ८७ घण्टा विभिन्न व्यक्तिहरू तथा संस्थालाई भाडामा दिइएको देखिन्छ ।

उक्त विवरणका आधारमा मनोज चनाराले स्काभेटर (ब्रेकरसहित र ब्रेकरबाहेक) गरी कुल ६२१.२ घण्टा प्रयोग गरेबापत रु. १५,७८,८३० राजस्व दाखिला गर्नुपर्ने भए पनि हालसम्म उक्त रकम नगरपालिकाको खातामा दाखिला नभएको प्रतिवेदनमा उल्लेख छ ।

महालेखा परीक्षकको कार्यालयले बाँकी राजस्व रकम ब्याजसमेत यकिन गरी सम्बन्धित पक्षबाट तत्काल असुल गर्नुपर्ने सुझाव दिएको छ ।

नगरपालिकाको आन्तरिक आयमा प्रत्यक्ष असर पार्ने यस किसिमको लापरबाहीप्रति सरोकारवाला निकायको ध्यान जान आवश्यक देखिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय