कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले सार्वजनिक गर्ने निर्णय गरेको राष्ट्रिय परीक्षा बोर्डका सदस्यसचिव जंगबहादुर अर्यालले जानकारी दिए ।

गत वैशाख १४ गतेदेखि २४ गतेसम्म सञ्चालन भएको कक्षा १२ को परीक्षामा चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी भएका थिए।

नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी नन्‌ग्रेडेड भएका छन्। नियमिततर्फ ३ लाख ९० हजार ८ सय ६८ परीक्षार्थी सहभागी रहेकामा २ लाख ३ हजार ८ सय ४७ विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन्।

नतिजाअनुसार कक्षा १२ मा १ लाख ८७ हजार विद्यार्थी ननग्रेडेड भएका छन्। सबैभन्दा बढी २.८१ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ७८ हजार ७५ रहेको छ।

२.४१ देखि २.८० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ६१ हजार ३६ छ। ३.२१ देखि ३.६० जीपीए प्राप्त गर्ने विद्यार्थीको संख्या ४६ हजार ८ सय ९३ रहेको छ । त्यस्तै सबैभन्दा माथिल्लो ३.६१ देखि ४ जीपीए ल्याउने विद्यार्थी ९ हजार ५ सय ९१ छन्।

२.१ देखि २.४० जीपीए ल्याउने विद्यार्थीको संख्या ८ हजार २ सय ४० र १.६१ देखि २ जीपीए ल्याउने विद्यार्थीको संख्या १२ जना छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय