अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्लो समय व्यापार सबै घटेको बताएका छन्। बुधबार नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधिमण्डलको भेटर्वातामा उनले सबै पूँजीगत खर्च घटेको बताएका हुन्। मन्त्री पौडेलले सप्लाई, डिमाण्ड र अन्य धेरै वस्तुको आयात निर्यात घटेको बताए।

‘केहीदिन यता सप्लाई, डिमाण्ड, प्रोडक्सन, पूँजीगत खर्च घटेको छ, सबै वस्तु घटेको घटे छ, हामीले हाम्रो उद्योगलाई अगाडि बढाउन सरकार अभिभावकको भूमिकामा छ, समस्या सुन्छ र समाधान पनि गर्छ,’ उनले भने, ‘आफ्ना पेसा व्यवसायमा सजिलै लाग्नुहोस्, र आफ्नो पेसा व्यवसायबाट राष्ट्र निर्माणमा सहयोग गर्नुहोस् तपाईंहरू पनि सफल उद्योगी बन्नुहोस्।’

उनले पूँजीगत खर्च बढाउन निजी क्षेत्रसँग सहकार्य गरी अघि बढ्ने बताए। मन्त्री पौडेलले अर्थतन्त्रमा टुटेको मनोवललाई जोगाउन नसके कुनै पनि समस्याको समाधान नहुँने बताए।

मानिसहरूको टुटेको मनोवललाई जोड्नुपर्ने दाबी गर्दै जनताको सरकारप्रतिको यो विश्वास टुट्न नदिने बताए। उनले निर्माण व्यवसायीले पाउनुपर्ने भुक्तानी नरोकिने बताए।

‘निमाण व्यवसायीले भुक्तानी पाएनन् भन्ने गुनासो अब धेरै दिन सुन्न पर्दैन,’ उनले भने, ‘राज्यका निकायले ठेक्का लगाएर काम सम्पन्न भएको छ भने जुनसुकै उपायबाट पनि त्यसको भुक्तानी हुन्छ। अब गुनासो गरिरहने अवस्था आउँदैन।’

उद्योगी र नेपाल विद्युत् प्राधिकरणबीच लामो समयदेखि चलिरहेको ‘डेडिकेटेड’ र ‘ट्रकलाईन’को विद्युत् महसुल बक्यौता विवाद पनि कानुनअनुसार सुल्झाइने आश्वासन उनले दिलाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय