रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११ सिमबजारमा नेपाल घरेलु तथा साना उद्योग महासंघको शाखा कार्यालय स्थापना तथा सब–उद्घाटन गरिएको छ। स्थानीय स्तरमा रहेका घरेलु तथा साना उद्योगलाई संगठित गर्दै व्यवसायिक गतिविधि प्रवर्द्धन गर्ने उद्देश्यले शाखा कार्यालय सञ्चालनमा ल्याइएको हो।

महासंघको शाखा कार्यालय स्थापना भएसँगै नगरपालिका स्तरमा रहेका सम्पूर्ण साना उद्योग, कल–कारखाना, कृषि, पशुपालन तथा सीपमूलक तालिमसम्बन्धी गतिविधिहरू यसै महासंघको मातहतमा रहेर सञ्चालन गरिने जनाइएको छ। यसले स्थानीय उद्यमी, किसान तथा श्रमिक वर्गलाई एकीकृत गर्दै रोजगारी र आत्मनिर्भरता बढाउने विश्वास लिइएको छ।

साथै सम्पूर्ण श्रमजीवी वर्ग, समुदाय तथा मजदुर व्यवसायीहरू एकताबद्ध भई महासंघमार्फत अघि बढ्नु अत्यन्त आवश्यक रहेको आयोजकको भनाइ छ। उद्योग तथा सीपमूलक व्यवसायको दर्ता, नवीकरण र नयाँ सदस्यता प्रदान गर्ने कार्यसमेत अब यही शाखा कार्यालयबाट सहज रूपमा गरिने जानकारी दिइएको छ।

स्थानीय उद्यमशीलता प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने विश्वाससहित शाखा कार्यालयको स्थापना गरिएको बताइएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय