अन्तरर्राष्ट्रिय बजारमा सुनको मूल्यमा निरन्तर वृद्धि भएको छ। स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन एक लाख ६८ हजार पाँच सयमा कारोबार भएको छ। सोही परिमाणको पहेँलो धातु सोमबारको तुलनामा आज रु एक हजार पाँच सयले बढेको हो।

यसैगरी,चाँदीको मूल्य प्रतितोला ४० रुपैयाँले बढेर दुई हजार पाँच कायम भएको महासंघले जनाएको छ। सोमबार एक तोला चाँदी दुई हजार ६५ मा खरिदबिक्री भएको थियो।

अन्तरराष्ट्रिय बजारमा प्रतिऔँस सुन दुई हजार सात सय ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय