नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा असार २८ गते बिहान पहिरोमा परेर बेपत्ता भएका थप एक जनाको शव भेटिएको छ।
पश्चिम चितवनको भरतपुर महानगरपालिका–२८ मा एक पुरुषको शव भेटिएको हो। नारायणी नदीको टापुमा घोप्टो परेको अवस्थामा अन्दाजी ३०÷३५ वर्षको पुरुषको शव फेला परेको छ।
शुक्रबार विहान नारायणघाट–मुग्लिन सडकको सिमलतालबाट दुइ वटा बसहरु त्रिशुलीमा खस्दा बेपत्ता भएका यात्रुहरु मध्ये कुनै एक जना यात्रुको शव हुन सक्ने आशंका गरिएको छ।
हिजो शनिवार गोलाघाटमा १ र गैंडाकोटको थुम्सी नजिकै २ जनाको शव भेटिएको थियो। भेटिएका तीन वटै शवको सनाखत भइसकेको छ।