साउन पनि निक्षेपको ब्याजदर घट्ने भएको छ। वाणिज्य बैंकहरूले सोमबार प्रकाशन गरेको नयाँ ब्याजदर तालिकाअनुसार साउनका लागि वाणिज्य बैंकहरुको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसतमा ०.१३७ प्रतिशतले घटेको हो।

२० मध्ये १३ वाणिज्य बैंकले साउनमा एक वर्ष व्यक्तिगत निक्षेपको ब्याजदर घटाएका छन्। दुई वटाले सीमान्त दरमा बढाएका छन् भने ५ वटाले स्थिर राखेका छन्।

साधारण बचतमा बैंकहरूको ब्याजदर औसतमा ०।१६४ प्रतिशत बिन्दुले घटेको छ। साउनका लागि १३ वटा बैंकले साधारण निक्षेपको ब्याजदर घटाएका छन् भने तीन वटाले बढाएको र ४ वटाले स्थिर राखेका छन्।

यससँगै साउनमा वाणिज्य बैंकहरूको एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औसत ६.७३९ र साधारण निक्षेपको ३.९१६ प्रतिशत कायम भएको छ।

असारमा मुद्दती निक्षेपको औसत अधिकतम ब्याजदर ६.८७६ र साधारणको ३.२८१ प्रतिशत थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय