कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री महेन्द्र केसी आठविसकोटको बाढी प्रभावित क्षेत्र र प्रभावितहरुसँग पुग्नु भएको छ ।

मंगलबार बेलुका आठविसकोट पुग्नु भएका उहाँले बाढी प्रभावित क्षेत्र आठविसकोटमो झिन्चौर र सिमबजार पुगेर घटनाको स्थलगत निरीक्षण गर्नुभएको छ भने प्रभावित परिवार र घाईतेहरुलाई भेटघाट गर्नुभएको छ ।

घटनास्थ्लको स्थलगत निरीक्षणपछि बाढी प्रभावित परिवारका आफन्तहरु सङ्ग भेटघाट गरेर उहाँले नगर अस्पतालमा उपचाररत घाईतेहरुको स्वास्थ्य अवस्थाको जानकारी लिनुभएको उहाँको सचिवालयले जनाएको छ ।

भेट तथा निरीक्षणका क्रममा मन्त्री केसीले घाइतेहरुको स्वास्थ्य लाभको कामना गर्नुका साथै उद्दार र राहत कार्यमा सहयोग गर्नुहुने सबैप्रती धन्यवाद ज्ञापन गर्नुभएको छ। उहाँले विपदको सामना गर्न सबैपक्ष एकजुट भएर लाग्नुपर्ने समेत बताउनुभएको छ ।

मनसुन सक्रिय रहेको र थप घटनाहरु हुन सक्ने भएकोले सबैजना सजक तथा सतर्क रहन मन्त्री केसीले अनुरोध गर्नुभयो ।

गएराती स्थानीय गिजागार खोलामा आएको बाढीले घरसहित बगाउँदा यहाँका तीन जना बालिकाको मृत्यु भएको छ भने एक जना बेपत्ता हुनुभएको छ ।

बाढीकै कारण नौ जना घाईते भएका छन् । मृत्यु हुनेहरुमा स्थानीय १० बर्षिया हितमाया पुन, आठ वर्षिया धनसा पुन र चार बर्षिया मनिषा सार्कीको रहेका छन् ।

बाढीले बगाउँदा स्थानीय ३८ बर्षिय डिल्ली बहादुर बुढाथोकी बेपत्ता हुनुभएको छ । उहाँको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय