मंगलबार करिब दुई प्रतिशतले घटेको नेप्से आज भने सामान्य अंकले बढेको छ। आज नेप्से ९.०९ अंकले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको छ।

आज ३२३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता शेयर ७४ हजार तीन सय तीन पटक खरिदबिक्री हुँदा सात अर्ब नौ करोड २८ लाख ७९ हजार नौ सय ४६ बराबरको कारोबार भएको छ।

आज बैंकिङ समूह ०.२६, जीवन बिमा ०.१८, निर्जीवन बिमा ०.२१ र अन्य समूह ०.०७ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा धेरै विकास बैंक समूह ३.३८ प्रतिशतले बढेको छ। वित्त १.६६, होटल तथा पर्यटन ०.४५, जलविद्युत् १.२८, लगानी ०.२०, लघुवित्त ०.०७, म्युचुअल फण्ड ०.३८ र व्यापार समूह ०.२७ प्रतिशतले बढेको छ।

कर्पोरेट डेभलपमेन्ट बैंक लिमिटेड, सिन्धु विकास बैंक लिमिटेड, नेपाल हाईड्रोडेभलपर्स लिमिटेड, सप्तकोसी डेभलपमेन्ट बैंक लिमिटेड र महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

आजको कारोबारमा गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ङादी ग्रुप पावर लिमिटेडको ३२ करोड ८१ लाख ९० हजार दुई सय ५९ बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडको सात लाख ६४ हजार पाँच सय १९ कित्ता शेयर किनबेच भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय