रुकुम पश्चिम जिल्लाको आठविसकोट  नगरपालिकाको राडिमा रहेको नगर अस्पतालमा अस्पतालको लापरबाहीको कारणले १४ बर्षिया दिक्षा परियार निधन भएको छ ।

घटना शंकास्पद रहेको भन्दै आफन्तले आक्रोश पोखेपछि केहिबेर अस्पताल तनावग्रष्त बनेको थियो । मृतक दिक्षा परियारको आमा रोजगारीको सिलसिलामा भारतमा रहेको र आफू नआउँदासम्म पोष्टमार्टम नगर्न माग राखेकोले शव कुहिनबाट जोगाउन सुर्खेत पठाईएको प्रहरीले जनाएको छ ।

नगरपालिकाको वडा नम्वर ११ निवासी १४ वर्षिया परियारको शवलाई कुहिनबाट जोगाउन कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको हो । शुक्रबार बिहान पेटको दुखेको भन्दै अस्पताल पुगेकी दिक्षाको उपचारको क्रममा मृत्यु भएको थियो ।

घटनापश्चात आठविसकोट नगरपालिकाका उप प्रमुख धनकुमारी शाही, निमित्त प्रमुख प्रशासकिय अधिकृत ईन्द्रबहादुर बिष्ट, ईलाका प्रहरी कार्यालय आठविसकोटका प्रहरी निरीक्षक नविन मरासिनी, वडा नम्वर ११ का वडा अध्यक्ष प्रेम बहादुर पुन, मृतकको अंकल नाता पर्ने होम बहादुर परियार, नगर अस्पतालका मेडिकल अधिकृत राजसिंह राना लगायतको बैठकले शव सुर्खेत पठाउने र उपचारमा संलग्न स्वास्थ्यकर्मीलाई तत्काल कामकाजमा नखटाउने सहमति गरेको थियो ।

बैठकले मृतकको उपचारमा संलग्न अहेव किरण केसीलाई अस्पतालको निरानीमा राख्ने समेत निर्णय गरेको छ ।

सहमतिपश्चात मृतकको अंकल नाता पर्ने जनक परियारले शव बुझेर एम्बुलेन्समार्फत सुर्खेत लिएको प्रहरीको भनाई छ ।

आफन्तहरुले गम्भिर अवस्थामा नरहेको बिरामीको उपचारमा लापरबाहि गरेर ज्यान गएको आरोप लगाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय