सोमबार जम्मु कश्मीरको कठुआ जिल्लामा भारतीय सेनाको गाडीमाथि हमला भएको थियो । हमलामा पाँच सैनिकको मृत्यु भएको छ । हमलापछि अहिले पूरै क्षेत्रमा खोजी अभियान चलिरहेको छ । यसैबिच भारतीय रक्षामन्त्री राजनाथ सिंहले सैनिकमाथि भएको चरमपन्थीहरूको हमलाप्रति दुःख व्यक्त गरेका छन् ।
सिंहले सोसल मिडिया प्लेटफर्म एक्समा लेखेका छन्, ‘म कठुआको बदनोटामा भएको आतङ्कवादी हमलामा हाम्रा पाँच बहादुर सिपाहीहरूको मृत्युबाट दुःखी छु। शोकसन्तप्त परिवारहरूप्रति मेरो गहिरो समवेदना। यो कठिन समयमा राष्ट्र तिनीहरूको साथमा उभिएको छ। आतङ्कवाद विरोधी अभियानहरू सञ्चालन भइरहेका छन् र हाम्रा सेनाहरू यस क्षेत्रमा शान्ति र व्यवस्था कायम गर्न प्रतिबद्ध छन्।’