एउटी आमाको लागि उसको बच्चा उसको प्राणभन्दा पनि प्यारो हुन्छ । परिस्थिति जतिसुकै खराब किन नहोस्, आमाले आफ्नो ‘मनको टुक्रा’ लाई आफूबाट कहिल्यै अलग गर्न सक्दिनन्। तर, अमेरिकामा एक आमाले आफ्नो नवजात शिशु बेच्न खोज्दा यस्तो चकित पार्ने घटना बाहिर आएको छ ।
अमेरिकाको टेक्सासमा जुनिपर ब्रायसन नामकी एक महिलाले आफ्नो नवजात शिशुलाई जन्म दिएको केही घण्टामै बेच्न खोजेको आरोप लागेको छ । उनले आफ्नो बच्चालाई सम्भावित खरीदारहरूका लागि अनलाइन समूहमा सोसल मिडियामा पोस्ट गरेकी थिइन्। यहाँ धेरै समलिङ्गी जोडीले बच्चालाई धर्मपुत्रका रूपमा ग्रहण गर्ने इच्छा व्यक्त गरे । तर आमाले त्यसको बदलामा पैसा मागेको कुरा उनीहरूलाई थाहा थिएन ।
जुनिपर ब्रायसनलाई अहिले प्रहरीले पक्राउ गरेको छ । रिपोर्टका अनुसार ब्रायसनको उमेर २१ वर्ष मात्र छ । उनले भर्खरै बच्चालाई जन्म दिएकी थिइन् ।
ब्रायसनले आफ्नो छोराको तस्बिर लिइन् र उनको धर्मपुत्रको लागि सोसल मिडियामा अपिल लेखिन् । उनले सो सूचना एक अनलाइन समूहमा पोस्ट गरेकी थिइन्। यसको क्याप्सन थियो- जन्म दिने आमा धर्मपुत्र बनाउने अभिभावकको खोजीमा छन्।
बच्चालाई दिनुको बदलामा उनले पैसा माग्ने कुरा भने उनले बताएकी थिइनन् । उनी एक अपार्टमेन्टमा बस्न र जागिर खानका लागि पैसा चाहन्थिन्। ताकि उनले घरको डाउन पेमेन्ट पाउन सकून् ।
ब्रायसनको अपिलमा कुल ७ परिवारले बच्चालाई धर्मपुत्र बनाउने इच्छा व्यक्त गरेका थिए । तीन सय किलोमिटर टाढाबाट एउटा परिवार बच्चा लिन आएका थिए । तर जुनिपरले पैसा मागेपछि उनीहरू फर्किए।
वास्तवमा वेन्डी विलियम्स नामकी एक स्थानीय महिलाले बच्चा जन्मनुअघि नै त्यसलाई धर्मपुत्र बनाउन चाहेकी थिइन् । उनले नै प्रसूतिको बेला अस्पताल लगेर जुनिपरसँग बसेकी थिइन् ।
उनी बच्चालाई कानुनी रूपमा आफूसँग राख्न चाहन्थिन्। जब उनले ब्रायसनलाई यस बारे सोधिन्, उनले विलियम्सलाई अस्पतालबाट निकालिदिइन् । यो सबै देखेर विलियम्सले नै चाइल्ड प्रोटेक्सन सर्भिसलाई फोन गरेर बच्चा बेचिएको बारे जानकारी गराएकी थिइन् ।