रुकुम पश्चिम — त्रिवेणी गाउँपालिका ३, खारा स्थित स्थानीय कृषक लोकसिङ खड्काको सुन्तलाबारी पछिल्लो समय स्थानीयवासी तथा आगन्तुकहरूको आकर्षणको केन्द्र बनेको छ। हरियाली डाँडाकाँडा र अनुकूल हावापानीका कारण यहाँ उत्पादन भएको सुन्तला स्वादिलो र गुणस्तरीय रहेको बताइएको छ।

स्थानीय कृषक खड्काले विगत केही वर्षदेखि व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आउनुभएको हो। उहाँको मेहनत र निरन्तरताका कारण अहिले सुन्तलाबारी राम्रो उत्पादन दिन थालेको छ, जसले गाउँमै रोजगारी र आम्दानीको अवसर सिर्जना गरेको छ।

स्थानीयवासीका अनुसार खड्काको सुन्तलाबारीले कृषि पेशाप्रति युवाहरूको आकर्षण बढाउन सहयोग पुगेको छ। बारी अवलोकनका लागि छिमेकी गाउँबाट समेत मानिसहरू आउने गरेका छन्।

कृषि विज्ञहरूका अनुसार खारा क्षेत्र सुन्तला खेतीका लागि उपयुक्त भएकाले उचित प्रविधि, सिंचाइ र बजार व्यवस्थापन गर्न सकेमा यस क्षेत्रलाई सुन्तला उत्पादनको सम्भावित केन्द्रका रूपमा विकास गर्न सकिने देखिन्छ।

स्थानीय तहले यस्ता मेहनती कृषकलाई प्रोत्साहन र सहयोग गर्न सके ग्रामीण अर्थतन्त्र मजबुत बन्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय