भारतको बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको छ ।पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको अधिकारीहरूले सोमबार बताएका छन् ।

विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीनरतीन, रोहतासमा दुई र शहरसा, सारण, भोजपुर र गोपालगञ्जमा १/१ जनाको मृत्यु भएको छ,’ मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

वर्षाको समयमा खेतमा काम गर्ने र रुखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ ।हरेक वर्ष मनसुन शुरू भएसँगै भारतमा चट्याङ लागेर सयौंको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय