कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले आगामी सोमबार विश्वासको मत लिने भएका छन्।

विश्वासको मतका लागि मुख्यमन्त्री कँडेलले शनिबार प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका छन्।

केन्द्रमा सत्ता गबन्धन परिवर्तन भएपछि माओवादीलगायत दलले सरकार छाडेपछि मुख्यमन्त्री कँडेलले विश्वासको मत लिन लागेका हुन्। यसअघि उनले गत १३ वैशाखमा पहिलो पटक विश्वासको मत लिएका थिए।

४० सदस्यीय कर्णाली प्रदेशसभामा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाउनका लागि २१ जनाको समर्थन पाउनुपर्छ। प्रदेशसभामा एमालेका १० र कांग्रेस १४ सांसद छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय