बारबर्दिया नगरपालिका–९ कतरनियाका करिब ५० वर्षका एक पुरुषको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । स्थानीय गोपाल थारु सोही पालिका–११ लम्की फाटास्थित भूपेन्द्र राना भाटको घरमा मिटर जडान गर्ने क्रममा विद्युत्को पोलमाथि चढ्दा करेन्ट लागेर खसेका थिए ।पोलबाट खसेर गम्भीर घाइते बनेका थारुको उपचारका क्रममा नगर अस्पताल जयनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवं डीएसपी तुल्सीराम अर्यालले जनाए ।