बिनोद बटाला रुकुम पश्चिमको आठबिसकोट नगरपालिका राडिज्युलामा रहेको श्री कृष्ण कम्प्लेक्स फेन्सी स्टोरको पहिलो तलामा एनएमबि बैँकको नयाँ शाखा रुकुम पश्चिममा स्थापना भएको छ । उक्त बैंकको माध १४ गते आज दिउँसो उद्घघाटन गरिएको हो । नेपाल सरकारबाट क वर्गमा ईजाजत पत्र प्राप्त उक्त बैंकले आजैदेखि आठबिसकोटमा बैङ्किङ कारोबार सुरु गर्ने छ

एनएमबि बैंकको २०२ औँ शाखाका रुपमा आठबिसकोटका नगरप्रमुख रवि केसी र बैंकका नायव महाप्रबन्धक प्रमोद दाहालले संयुक्त रुपमा उद्घघाटन गरेका हुन्। आठबिसकोटमा यस अघि एउटा मात्र प्रभु बैँक हुँदा सेवाग्राहीलाई सास्ती परेको थियो । आजबाट एनएमबि बैँकको शाखा विस्तार भएसँगै बैँङ्किङ क्षेत्रमा थप सहज हुने विश्वास लिईएको छ ।

सर्वसाधारण लाई बैंङ्किङ क्षेत्रमा सहज, सरल सेवा विस्तार गर्ने उदेश्यका साथ नयाँ शाखा विस्तार गरिएको बैंकले जनाएको छ । आठविसकोट शाखा मार्फत स्थानिय सर्वसाधारण, व्यावसायिक फर्म, कम्पनी तथा संघ संस्थाले गुणस्तरिय सेवा उपभोग गरी लाभान्वित हुने र सो क्षेत्रमा आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निभाउने बैंकले जनाएको छ। आठविसकोट शाखा सहित एनएमबी बैंकले देशैभरि दुई सय दुई शाखाहरू, १ सय ८६ एटीएम र १० वटा एक्सटेन्सन काउन्टर मार्फत सेवा दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय