तनहुँ जिल्ला म्याग्दे गाउँपालिका–६ स्थित अकला मन्दिर दर्शन गर्न जाने क्रममा बाढीमा फसेका ६ जनाको सकुशल उद्धार गरिएको छ । बाढीको कारण दर्शनार्थी फसेपछि सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँ बाट खटिएको २५ जना सुरक्षा फौजले डोरिको सहायताबाट उनीहरुको सकुशल उद्धार गरेको हो ।

यसैगरी तनहुँ जिल्लाको ब्यास नगरपालिका–१२ कमलबारीस्थित भुमाया अछामीको घर मुनिबाट पहिरो खसेर घरनै जोखिममा परेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २३ मनकामना गण भानु तनहुँबाट गएको सुरक्षा फौजले घरका मानिस र सामान सुरक्षित स्थानमा सारेको हो । त्यस्तै बाढीको कारण अबरुद्ध भएको काभ्रे जिल्लाको पाँचखाल नगरपालिका–४ स्थित पाँचखाल–चारपिप्ले भित्री सडक खण्ड सशस्त्र प्रहरी बल नेपाल नं. १५ गण काभ्रेबाट खटिएको टोलीले खुलाएको हो ।

सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका–२ कमेरेस्थित अबरुद्ध बिपी राजमार्गमा खुलाउँदै विपद् व्यवस्थापना बेश खुर्कोट सिन्धुलीको सुरक्षा फौज परिचालन भएका थिए भने ललितपुरस्थित धापाखेलमा समेत वर्षाको कारण अलपत्र परेकाहरुको नं. २१ दक्षिणकाली गणको टोलीले सुरक्षित स्थानमा सारेको थियो ।

भक्तपुर जिल्ला चागुनारायण नगरपालिका–१ स्थित राई टोलमा मनोहरा खोलाको बहाव बढेर बस्तीमा पानी पसेपछी सशस्त्र प्रहरी बल नेपाल नं. २२ गुहेश्वरी गण भक्तपुरबाट खटिएको सुरक्षा फौजले बस्ती ईलाका कटान नियन्त्रणका लागि बांस र जस्तापाताले अस्थायी बार बनाएको छ ।

त्यसैगरी वर्षाको कारण उपत्यकाको डुवानमा पर्ने सम्भावित ठाउँहरुमा सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ । काठमाडौबाट सुन्दरीघाट, बल्खु, बालाजुको विष्णुमती खोला करिडोर, कुलेश्वर, कलंकी, तारकेश्वर ईलाका, पेप्सीकोला, धोविखोल करिडोल ईलाका, महालक्ष्मी कर्मनासा खोला, धापाखेल, टिचिङ्ग ईलाकामा र नंखु ईलाकामा परिचालित रहेका छन् । त्यस्तै भक्तपुरको चागुनारायण नगरपालिका–१ राई टोल र राधेराधे, समेत परिचालित भएका छन् ।

सो स्थानहरुमा सशस्त्र प्रहरी बल नेपाल नं. १८ निलबाराही गण काठमाडौबाट उपत्यकास्थित नं. २० विपद्् उद्धार गण सिनामंगल नं. २१ दक्षिणकाली गण र नं. २२ गुहेश्वरी गण भक्तपुरको सुरक्षा फौज परिचालित भएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय