यतिबेला अमेरिकाको दक्षिणी क्यारोलिनाका प्रहरीहरू धुँइपताल गरेर बाँदर खोजिरहेका छन् । यी सामान्य बाँदर नभएर दक्षिणी क्यारोलिनाको अल्फा जेनेसिस नाम गरेको एउटा अनुसन्धान ल्याबका थिए ।

ल्याबका किपरले खोर खुलेर बन्द गर्न भुलेपछि बाँदर भागेका थिए । यो ल्याबमा मेडिकल परीक्षण र अनुसन्धानका लागि बाँदरको प्रजनन गरिन्छ  । अधिकारीहरूले स्थानीय बासिन्दालाई घरका ढोका र झ्याल राम्रोसँग बन्द गरेर राख्न र कुनै बाँदर देखेमा तत्कालै जानकारी दिन भनेका छन् ।

भागेका अधिकांश बाँदर ३.२ केजीका पोथी बाँदर भएको यामासी प्रहरी विभागले भनेको छ । कुनै पनि अवस्थामा यी बाँदरको सामुन्ने नजान प्रहरीले सर्वसाधारणलाई भनेको छ । बाँदरलाई समात्न सो क्षेत्रमा जाल बिछ्याइएको पनि बताइएको छ ।

यी बाँदर निकै सानो भएकोले अहिलेसम्म यिनीहरूमा कुनै परीक्षा नगरिएको अनुसन्धान कम्पनीको भनाई छ । यो घटनालाई अल्फ जेनेसिसका सीईओ ग्रेग वेष्टरगार्डले निराशाजनक भनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय