चीनको सडकमा एउटा अनौठो प्रवृत्तिले सबैको ध्यान तानेको छ। रेट कार्ड लिएर फुटपाथमा बसेका महिला र युवतीहरूको कल्पना गर्नुहोस्, जसले सामान्य उत्पादनहरू बेच्दैनन्, तर पैसाको लागि आफ्नो माया, स्नेह र मिलनका केही क्षणहरू दिइरहेका छन्।

यसको मतलब केही पैसा खर्च गर्नु भयो भने तपाईँले केहि समयको लागि भाडामा प्रेमिका पाउनुहुनेछ। यहाँ केटीहरूले सँगै बस्न, चुम्बन गर्न र केही समय सँगै बिताउनको लागि पैसा लिइरहेका छन् र यो सुविधा अनलाइन र अफलाइन दुवै उपलब्ध छ।

भाडामा लिने गर्लफ्रेन्डले अँगालो मार्नेदेखि चुम्बन गर्ने र सँगै समय बिताउने, सँगै रक्सी पिउनको लागि रेट कार्ड दिएका छन्। लामो समय कसैको साथमा रहन नचाहने र कुनै किसिमको प्रतिबद्धता गर्न नचाहने मानिसले माया पाउन पैसा तिर्नुपर्ने हुन्छ ।

केही समयको साथ पाउनका लागि मानिसहरू यस्ता युवतीहरूको समय किन्छन् । यस समयमा, तपाईं घुम्न सक्नुहुन्छ, घर जान सक्नुहुन्छ र खाना पकाउन, कुरा गर्न वा चलचित्र हेर्न, अँगालो मार्ने, बारमा जान, सँगै रक्सी खान, चुम्बन गर्ने जस्ता केही समय बिताउन सक्नुहुन्छ। तर सबैका लागि दर तोकिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय