बिनोद बटाला सम्वाददाता रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ मा जारी बेल्टापु मेलामा काठे पिङ खेल्ने क्रममा एक जना घाइते भएका छन् । मंगलबार दिउँसो पिङ खेल्नेक्रममा आाठबिसकोट नगरपालिका वडा नम्बर १३ घेत्माकी सशि पुनकी १४ वर्षिया छोरी रुपा पुन घाइते हुनुभएको हो ।

सोही नगरपालिका वडा नम्बर १० झिन्चौरका ४४ वर्षिय प्रेमबहादुर थापाले सञ्चालन गरेको पिङ खेल्ने क्रममा लडेर १८ वर्षिया रुपा घाइते भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठकले जानकारी दिनुभभयो । 

उहाँका अनुसार पिङबाट जमिनमा खसेकी रुपाको टाउकोमा चोट लागेको छ । घाइते रुपालाई उपचारका लागि सानीभेरी गाउँपालिका अस्पताल छोटबगर लिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि चौरजजहारी मिसन अस्पताल रेफर गरिएको प्रहरी निरीक्षक पाठकले जानकारी दिनुभयो । बेल्टापुमा आइतबार देखि मेला जारी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय