सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री कैलाश चौधरीले विहीबार राजीनामा दिएका छन्।

मुख्यमन्त्री दीर्घबहादुर सोडारी समक्ष चौधरीले राजीनामा बुझाएका हुन्।

मुख्यमन्त्री सोडारीले शुक्रबार ४ बजे प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची छ।

त्यसको अघिल्लो दिन चौधरीले राजीनामा बुझाएका छन्। राजिनामापछि चौधरीले सरकार जोगिने अवस्था नभएपछि नैतिकताका आधारमा राजीनामा दिएको बताएका छन्।

गत वैशाख ६ गते चौधरी भौतिक पूर्वाधार विकास मन्त्रीमा नियुक्त भएका थिए। एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री सोडारी अल्पमतमा परेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय