रुकुम (पश्चिम) ।नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का प्रतिनिधि सभा सदस्य उम्मेदवार कमरेड चन्द्र सि ले बाँसको सामग्री निर्माण तालिम केन्द्रको अवलोकन गर्दै चुनावी प्रचार–प्रसारलाई तीव्र बनाएका छन्।

चुनावी घरदैलो कार्यक्रमअन्तर्गत रुकुम (पश्चिम) को बाँफिकोट गाउँपालिका पुगेका उम्मेदवार चन्द्र सि ले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन्। सो क्रममा उनले उत्पादनमुखी तालिम, सीप विकास र रोजगारी सृजनामार्फत स्थानीय अर्थतन्त्र सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा माओवादी केन्द्रका नेता–कार्यकर्ता, स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो। चुनाव नजिकिँदै जाँदा रुकुम (पश्चिम) मा उम्मेदवार चन्द्र सि को चुनावी माहोल थप उत्साहपूर्ण बन्दै गएको देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय