सहकारी ठगीसम्बन्धी संसदीय छानविन विशेष समितिको छानबिन प्रतिवेदन प्रतिनिधिसभामा पेश गिरएको छ।
सभापित सूर्य थापाले प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रतिवेदन पेश गरेका हुन्।
प्रतिवेदन आवश्यक कामका लागि सरकारलाई पठाउन सभामुख देवराज घिमिरेले संसद सविचालयलाई निर्देशन दिएका छन्।
संसदका तत्कालिन प्रतिपक्षी दल नेपाली कांग्रेसको माग बमोजितम संसदीय समिति गठन भएको थियो। समितिले जेठ २३ गतेबाट काम थालेको थियो। यसबीचमा समितिका ६६ बैठक बसेको थियाे।
समितिले जिबी राईसहित २९ जनालाई समितिमा बोलाउन सहजीकरण गरिदिन भनिएपनि तर उपलब्धहरू मात्र बैठकमा ल्याएको थियो। ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति थापाले जानकारी दिए।







