नेकपा माओवादी केन्द्र निकट रुकुम पश्चिम–काठमाडौं सम्पर्क समन्वय समितिमा नयाँ नेतृत्व चयन भएको छ।
शनिबार काठमाडौंको बागबजारस्थित होटल हार्दिकमा भएको दोस्रो सम्मेलनले एकराज केसीको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति चयन गर्ने निर्णय भएको हो।
यद्यपि नेतृत्व चयन भएपनि कार्यसमितिमा रहनेहरूको सूची टुङ्गो लगाउन बाँकी छ।
कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रमुख अतिथि थिए। कार्यक्रममा अध्यक्ष दाहालले सशस्त्र युद्धजस्तै समाजवादी क्रान्तिको तयारीमा लागेको बताउँदै पार्टीभित्रको अन्तरसंघर्षलाई व्यवस्थित गर्दै समाजवादी क्रान्तिको नेतृत्व गर्ने दाबी गरेका थिए।







