बिनोद बटाला रुकुम पश्चिम दशैंका अवसरमा रुकुम पश्चिममा कालिका माई मेला लाग्ने भएको छ। रुकुम पश्चिमको आठबिसकोट नगरपालिका १० स्थित भगवति माई कोट मौला  लाग्ने  मेलामा विविध साँस्कृतिक कार्यक्रम, खेलकुदको पनि आयोजना हुनेछ।

परम्परागत रुपमा लाग्दै आएको मेलाको यो २७ संस्करण असोज २३गतेदेखि सुरु हुनेछ।

मेलामा विविधि साँस्कृतिक कार्यक्रमासहित भलिवल, दौडजस्ता खेलकुदको पनि आयोजना हुने आयोजक समितिका अध्यक्ष धुर्बजङ शाहले जनाएका छन्। उनका अनुसार मेलामा स्थानीय सिंगारु, मयुर नाँच पनि देखाइने छ।

भलिबलको विजेताले ५०, दोस्रो हुनेले ३०, र  सान्त्वना  हुने टिमले १५ /१५हजार रुपैयाँ प्राप्त  गर्ने अध्यक्ष शाहले बताए। उनका अनुसार ५०  बर्ष  माथीका उमेर समुहको दौड प्रतियोगिताको पनि प्रतिस्पर्धा रहनेछ प्रथम २००० हजार रहेको छ ।

पुरानो लोक सास्कृतिक झाकी झल्काउने सिङ्गारु नाच  मयुर नाच लगायत अफ्नो कला सास्कृती झल्काउने परम्परागत लोक झाकीलाई विशेष निमन्त्रणा सङ्गै कार्यक्रममा सहभागी हुनेलाई १००० पुरस्कार छ।प्रथम हुनेलाई  -५००० हजार पुरस्कार ब्यबस्था छ भने द्वितिय हुनेलाई -३००० पुरस्कारको ब्यबस्था छ र तेस्रो हुनेलाई-२००० पुरस्कारको ब्यबस्था गरीएको सचिब लक्ष्मन शाहले जनकारि दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय