शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले राज्य र पुस्तकालयबीच सम्बन्ध स्थापित गर्न पुस्ताकालय ऐन बनाउन आवश्यक रहेको बताएकी छन्।

१७औं पुस्तकालय दिवसको अवसरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भट्टराईले मुलुकमा अझै पनि २०६४ सालमा बनेको पुस्तकालय नीति कार्यान्वयनमा रहेको उल्लेख गर्दै उक्त नीतिलाई आजको सन्दर्भमा परिमार्जन गरेर लागु गर्न मन्त्रालय छलफलमा जुटेको बताइन्।

‘हामीले पुस्तक नीतिको प्रारम्भिक मस्यौदा तयार गरेका छौं । तर अझै त्यसलाई व्यवस्थित गरेर अगाडि बढ्ने भन्ने सन्दर्भमा सबैसँग छलफल गरेर अगाडि बढ्नेछौं,’ उनले भनिन्, ‘हामीसँग २०६४ सालमा बनेको पुस्तकालय नीति भएपनि आजको सन्दर्भमा परिमार्जन गरेर कसरि लागु गर्ने भन्ने सन्दर्भमा पनि हामीले छलफल गर्नुपर्नेछ।’

मन्त्री भट्टराईले पुस्तकालय ऐन नै आवश्यक छ भनेर कुरा आइसकेको बताउँदै यसमा आफू गम्भिर रहेको बताइन्।

पुस्तकालयको महत्वलाई जीवनको एक महत्वपुर्ण अंगको रुपमा व्यख्या गर्दै आइरहेको उल्लेख गर्दै पुस्तकालयको दायित्व राज्यले लिनुपर्ने मन्त्री भट्टराईको भनाइ छ।

‘राज्यले पुस्तकालयको दायित्व राज्यले लिनुपर्छ भन्ने कुरामा हामीले फरक ढंगले बुझेका छैनौं। तर पनि हाम्रा समस्याहरु छन्। यहाँ उठाउनुभएका वक्ताहरुले दिएका सुझावहरुलाई ग्रहण गर्दै काम गर्न सरकार प्रतिबद्ध छ,’ उनले भनिन्, ‘शिक्षा मन्त्रालयको जिम्मेवारीमा आइसकेपछि पुस्तकालयमा काम गर्नुहुने साथिहरु आएर सुझावहरु दिनुभएको छ । हामी काम गर्ने सन्दर्भमा अगाडि बढिरहेका छौं।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय