राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता कार्यकर्ताले सभापति रवि लामिछानेको रिहाईको माग गरेर माइतीघरमा प्रदर्शन गरेका छन्।

सरकारी वकिलको कार्यालय नजिकै माइतीघरमा रास्वपाका नेता कार्यकर्ताले ‘रवि दाइलाई रिहा गर’, ‘राजनीतिक प्रतिशोध बन्द गर’ भन्दै विरोधमा उत्रेका हुन्।

पार्टीका सदस्य हरि ढकालले २८ दिनपछि रवि लामिछाने आफूलाई लागेको धुलो टकटक्याएर बाहिर आउने बताएका छन्। उनले नेपालको इतिहासमा अनुसन्धानको शैलीलाई रविले कसरी सघाए त्यो दर्ज हुने बताए।

‘२८ दिनपछाडि रवि लामिछाने आफूलाई लागेको धुलो टकटक्याएर बाहिर आउनु हुन्छ । उच्च स्रोत भनेर भनिएको छ तर त्यो उच्च स्रोतले यस्तो भन्यो उस्तो भन्यो भनेर भन्न छोडिदिए हुन्छ,’ उनले भने, ‘उच्च स्रोत एउटा भ्रम भयो । २८ दिनमा ईतिहासमा दर्ज हुने गरी दुईवटा घटना भयो । अनुसन्धानलाई कसरी सघाउनुपर्छ भन्ने विरलै हुने घटना हो र अर्को रविले अनुसन्धानको शैलीलाई कसरी सघाए त्यो दर्ज हुन्छ।’

केन्द्रीय सदस्य ज्वाला संग्रौलाको नेतृत्वमा विरोध प्रदर्शन भएको हो। पार्टीको औपचारिक निर्णयमा भने सडक प्रदर्शन नगर्ने निर्णय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय