बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुर सिंह लामाले साउन १५ गते मंगलबार विश्वासको मत लिने भएका छन्।

लामा एमाले कांग्रेस गठबन्धनबाट वागमती प्रदेश सरकारको नेतृत्व लिएका थिए। मुख्यमन्त्रीमा साउन १५ गते विश्वासको मत लिने गरी लामाले आइतबार प्रदेशसभा सचिवालय हेटौँडामा पत्र दर्ता गराएका छन्।

उनी गत साउन ८ गत मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लामाले पहिलो पटक कांग्रेसबाट सरकारको नेतृत्व लिएका हुन्। बागमती प्रदेशमा एमालेका ६ र कांग्रेसका ६ जनालाई मन्त्री नियुक्त भइसकेका छन्।

विश्वासको मत लिने प्रयोजनका लागि बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले साउन १५ गते दिउँसो ३ बजेका लागि संसद् बैठक आह्वान गरेका छन्।

संविधानतः ३० दिन भित्र विश्वासको मत लिनुपर्ने व्यवस्था अनुरुप मंगलबारका लागि तयारी गरिएको हो । कांग्रेस सांसद लामालाई मुख्यमन्त्रीका लागि एमालेका २७ र कांग्रेसका ३७ सांसद गरी ६४ जनाको समर्थन रहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय