अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र बंगलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार डा. मोहम्मद युनुसबीच भेटवार्ता भएको छ।
संयुक्त राष्ट्रसंघको ७९औं महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका उनीहरूबीच बुधबार भेट भएको हो।
त्यसअवसरमा उनीहरुबीच आपसी हित र साझा चासोका विविध विषयका साथै ऊर्जा, पर्यटन, पारवहन, सांस्कृतिक आदानप्रदान, शैक्षिक सहकार्यबारे छलफल भएको बताइएको छ।







