भारत नेपालको आर्थिक समृद्धिमा सहयोग गर्न भारत तयार रहेको सडक पारवहन तथा हाइवेमन्त्री नितिन गडकरीले बताएका छन्।
निजी निवासमा नेपाली युवाहरूको एक प्रतिनिधिमण्डलसँगको भेटमा उनले उनले नेपालको आर्थिक समृद्धिका लागि सडक पारवहन महत्वपूर्ण रहेको बताए।
सो अवसरमा मन्त्री गडकरीले हिन्दूत्वको दृष्टिले पनि नेपाल विश्वमा एकमात्र राष्ट्र भएको बताउँदै नेपालप्रति भारतको छुट्टै प्रेम र स्नेह रहेको उल्लेख गरे।
महाराष्ट्रस्थित नागपुरमा रहेको निजी निवासमा मन्त्री गडकरीको नेपाली प्रतिनिधिमण्डलसँग तीन घन्टा लामो छलफल गरेका थिए।
भेटवार्तामा नेपाल हिन्दू राष्ट्र बन्नुपर्ने विषयमा पनि चर्चा भएको बताइएको छ। गडकरीले आफू चाँडै नेपाल भ्रमणमा आएर पशुपति मन्दिर र मुक्तिनाथको दर्शन गर्न इच्छुक रहेको बताएका छन्।







