मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
प्रहरीले सात दिन थुना म्याद माग गरे पनि अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
नेपाल प्रहरीको साइबर ब्युरोले थप ७ दिन हिरासतमा राख्न अनुमति माग गर्दै अदालतमा उपस्थित गराएको थियो।
साइबर अपराधको आरोपसहित एक महिलाले दिएको एक उजुरीका आधारमा प्रसाईं गत असोज ६ गते भक्तपुरको थिमी स्थित निवासबाट पक्राउ परेका थिए।
प्रसाईंले युट्युब मार्फत चरित्रहत्या गरेको भन्दै प्रहरीमा परेको उजुरीका आधारमा प्रसाईं पक्राउ परेका हुन्।







