पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपुरको दाउन्ने खण्डमा भासिएको छ। राति १ बजे सडक भासिएपछि एकतर्फी सडक सञ्चालन गरिएको थियो।

तर, सडक भासिएको मर्मतका लागि बिहान ८ बजेबाट यातायात सञ्चालनमा रोक लगाइएको छ। सडक मंगलबार दिउँसो २ बजेसम्म बन्द गरिएको छ।

मर्मतको समयमा अत्यावश्यक बाहेक अन्य सवारी सञ्चालनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका डीएसपी बेदबहादुर पौडेलले जानकारी दिए।

सडक मर्मत भइरहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न र अत्यावश्यक बाहेक यो सडकको प्रयोग नगर्न प्रशासनले आग्रह गरेको छ ।

पूर्वबाट पश्चिम क्षेत्रमा जाने सवारी दुम्किबास क्षेत्रमा रोकिएका छन् भने पश्चिमबाट पूर्व आएका सवारीसाधन पनि बर्दघाट नजिकै रोकिएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय