शुक्रबार दिउँसो सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ थामे आएको बाढी हिमताल फुटेर आएको पुष्टी भएको छ।
खुम्बु क्षेत्रका दुई वटा हिमताल फुट्द शुक्रबार थामे खोलामा बाढी आएको पाइएको छ।
रक्षामन्त्री मानवीर राई नेतृत्वको सुरक्षा अधिकारीको टोलीले शनिबार बिहान बाढी प्रभावित क्षेत्रको हेलिकप्टरबाट निरीक्षण गर्दा थामेभन्दा माथि रहेका पाँचमध्ये दुई वटा हिमताल फुटेको पाइएको छ।
निरीक्षणका क्रममा अरु दुई हिमताल फुट्ने जोखिममा रहेको पाइएको बताइएको छ। दुई ताल फुट्न सक्ने जोखिम देखिएपछि थामे नदी र सो क्षेत्रका बासिन्दाहरुलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।







