नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई आशाको सन्देश दिनुपर्ने बताएका छन्।

शुक्रबार पार्टीको बागमती प्रदेश कमिटीको १०औं राष्ट्रिय महाधिवेशन सन्देश सभालाई सम्बोधन गर्दै उलने आशा पैदा गर्ने काम आशावादीहरुको भएकाले आशाको सन्देश दिनुपर्ने बताए।

‘निराश हुनेहरुको काम निराशा पैदा गर्ने मात्रै हो, आशा पैदा गर्ने काम आशावादीहरुको हो। हामीले आशाको सन्देश दिने हो,’ अध्यक्ष नेपालले भने, ‘आजसम्मको अनुभवले बताएको छ निराश मान्छेबाट भुटीभाट केही काम हुँदैन। आशावादी मान्छेले नै समाज परिवर्तन गर्छ। जनताको विश्वास जित्छ, संगठन बनाउँछ । संगठनलाई देशव्यापी रुपमा बलियो बनाएर लान्छ।’

कतिपय पार्टीकानेता–कार्यकर्ताले पार्टी र पार्टीप्रति विश्वास नगर्ने जनतामा निराशा पैदा गर्ने काम गरिरहेको उल्लेख गरे। उनले चनाव हारेपछि असन्तोष पोख्दै हिँड्नु गलत भएको बताए।

उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीप्रति जनताको विश्वासलाई कमजोर बनाउने काम नगर्न आग्रह गर्दै जे पायो त्यही नखलेख्न आग्रह गरे। उनले कसैसँग रिस उठ्यो भने घरमा सिरक ओढेर सुत्न र एक हप्ता कसैसँग नबोली बस्न आग्रह गरे।

अध्यक्ष नेपालले चुनाव नजितेपछि पार्टीविरुद्ध असन्तोष पोख्दै हिँड्ने, निराशा पैदा गर्ने सबैलाई कारबाही हुने समेत बताए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय