विश्वकपको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिना विजयी भएको छ। बिहीबार राति भएको अर्जेन्टिनाले चिलीमाथि ३–०को सहज जित निकाल्यो।
खेलमा अर्जेन्टिनाका लागि पाउलो डिबाला। जुलियन अल्भारेज र म्याक एलिस्टरले गोल गरेका थिए।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा दोस्रो हाफको सुरुआतमै अर्जेन्टिनाले अग्रता लियो। ४८औं मिनटमा एलिस्टरले गोल गरेका थिए।
८४औं मिनेटमा अल्भारेजले टिमको अग्रता दोब्बर बनाउँदा इन्जुरी समयको पहिलो मिनेटमा डिबालाले गोल गरेका थिए। मेसीको अनुपस्थितिमा पहिलो पटक अर्जेन्टिनी टिममा १० नम्बरको जर्सी लगाएका डिबाला पहिलो खेलमै गोल गर्न सफल भए।
अर्को खेलमा बोलिभियाले भेनेजुएलामाथि ४–०को जित निकाल्यो।
अर्जेन्टिना ७ खेलमा १८ अंक जोड्दै छनोटको शीर्ष स्थानमा छ भने चिली ५ अंकसहित नवौं स्थानममा छ। ६ अंक जोडेको बोलिभिया सातौं र ९ अंकसहित भेनेजुएला चौथो स्थानमा छ।







