कठमाडौंबाट लमजुङ जाँदै गरेको हायलक्स गाडी आज बिहान नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। दुर्घटनामा दुई जना घाइते भएका छन्।

घाइतेमध्ये एक जना पुरुषको अवस्था गम्भीर रहेको छ । बा १४ च ३८५५ नम्बरको गाडी आज बिहान करिब ८ बजे टोखा छहरे सडक खण्डबाट करिब ५०० मिटर तल खस्दा चालकको मृत्यु भएको हो । उनको सनाखत नभएको प्रहरीले जनाएको छ ।

यही असोज ११ र १२ गते भएको भारी वर्षाका कारण पहिरो जाँदा नागढुंगातर्फको बाटोमा घण्टौं जाम हुने र जोखिमपूर्ण पनि भएको भन्दै धेरै सवारी चालकहरुले टोखा–छहरे सडक प्रयोग गर्ने गरेका छन् ।

गाडीमा ४ पुरुष र २ महिला गरी जम्मा ६ जना थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय