उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भएका छन्।
हर्नियाको शल्यक्रियाका निम्ति महाराजगञ्जस्थित शिक्षण अस्पताल भर्ना भएका हुन्।
यादवको बुधबारै शल्यक्रिया गरिने भएको छ। उपराष्ट्रपति यादव लामो समयदेखि हर्नियासम्बन्धी समस्या थियो।
उपराष्ट्रपति यादवको शल्यक्रिया प्राध्यापक डा.रमेशसिंह भण्डारी र सहप्राध्यापक डा.सुमिता प्रधानले गर्ने जनाइएको छ ।







