धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरस्थित नेपाल आयल निगमको डिपोमा कार्यरत एक कर्मचारीको हत्या भएको छ।

शुक्रबार विहान साढे १० बजे कार्यस्थलमै हत्या भएको हो। सिरहा नगरपालिका–३ मखनाहा घर भएका ४० वर्षीय राकेशकुमार बर्माको हत्या भएको प्रहरीले जनाएको छ।

सेनाको सुरक्षा घेराभित्र रहेको आयल निगमको अपरेसन रुम लेखिएको एउटा कोठामा हत्याको घटना भएको छ।

बर्मालार्ई अनुहार र टाउकोमा प्रहार गरेर हत्या गरेको शव फेला परेको थियो। हत्यामा संलग्न भएको आरोपमा सोही डिपोमा कार्यरत एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा धनुषाकै धनुषाधाम घर भएका ३२ वर्षीय प्रकाश यादव रहेका छन् । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

हत्या गरिएका राकेशकुमार पत्रकार राजेश बर्माका भाई हुन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय