सम्पादकीय रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा कार्यरत कार्मचारीलाई ४ महिनादेखि तबल खुवाउन सकेको छैन।

महान चाड दसैंमा तलब आउने आशाले ४ महिनादेखि काम गरिरहेका कर्मचारी दसैंमा पनि तलब नआउने भएपछि निरास भएका छन्। प्रमुख प्रशासकीय अधिकृतलाई समयमै आर्थिक नदिँदा दसैंअघि कर्मचारीले तबल नपाउने अवस्था आएको बताइएको छ।

नगरपालिकाले कर्मचारीलाई तलब खुवाउन नसकेर प्रमुख प्रशाककिय अधिकृत मणि राज शाहलाई दसैंको मुखैमा राजिनामा दिन लगायर यता अर्को नि प्रमुख प्रशासकीयलाई समयमा आर्थिक अधिकार नदिदा पालिकामा कार्यरत कर्मचारी दशैंमा घर जाँदा रित्तो हात फर्किने भएका छन

नगरपालिकाले ४ महिनाअघि देखि पैसा नभएको भन्दै कर्मचारीलाई तलब दिन आनाकानी गर्दै आएको थियो।

२६ करोडबढी बेरुजु देखाएको नगरपालिकाले कर्मचारीलाई दसैंमा समेत तलब नदिँदा नगरपालिकाकै बेइज्जत भएको स्थानीयहरु बताउँछन्।

अन्य पालिकाले कर्मचारीहरुलाई समयमै भत्तासहित तबल दिइरहेको अवस्थामा आठबिसकोटले भने सुख्खा तलब पनि दिन नसक्नु लपरवाही भएको स्थानीय बताउँछन्। दसैं बिदा हुन अझै ३ दिन बाँकी रहेकाले यो अवधिमा कर्मचारीलाई तलब खुवाउने व्यवस्था गर्न स्थानीयले नगरपालिका समक्ष आग्रह गरेका छन्।

नगरबासीले आग्रह गरेपछि दसैंअघि खुवाउने सम्भावना ज्यादै न्यून रहेको बताइन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय