बिनोद बटालारुकुम पश्चिमको आठविसकोट नगरपालिकाको बेरुजु २६ करोड नाघेको छ। महालेखा परीक्षकको कार्यालयको प्रतिवेदन अनुसार आठविसकोटको बेरुजुरु रकम २६ करोड सात लाख २६ हजार रुपैयाँ पुगेको छ।

आर्थिक वर्ष २०७९/०८० मा आठविसकोटको बेरुजु १० करोड ६४ लाख ९६ हजार रुपैयाँ छ। यस्तै, २०७८/७९मा बेरुजु ५ करोड ७१ लाख ३४ हजार थियो।

योसँगै आठविसकोट रुकुम पश्चिमका पालिकामध्ये धेरै बेरुजु हुने पालिकाको सूचीमा दोस्रो स्थानमा छ।

आठविकोटभन्दा अघि चौरजहारी नगरपालिका छ। उसको बेरुजु २९ करोड ४८ लाख ६८ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आव २०७८/७९ सम्म २२ करोड ३७ लाख ६४ हजार रुपियाँ बेरुजु रहेको चौरजहारीमा आव २०७९/८० मा सात करोड ८० लाख ७६ हजार बेरुजु थपिएको छ।

यस्तै, तेस्रो स्थानमा रहेको त्रिवेणी गाउँपालिकाको बेरुजु २० करोड १४ लाख २२ हजार रुपैयाँ छ भने मुसीकोट नगरपालिकाको १७ करोड ८१ लाख २० हजार रुपैयाँ छ। बाँफीकोट गाउँपालिकाको १६ करोड ७८ लाख ६८ हजार र सानीभेरी गाउँपालिकाको १० करोड ५४ लाख ३८ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनले देखाएको छ।

समग्रमा भने रुकुम पश्चिमका ८ पालिकाको बेरुजु रकम १ अर्ब नाघेको छ। हालसम्म रुकुम पश्चिमका पालिकाको बेरुजु एक अर्ब २० करोड ८४ लाख ४२ हजार रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय