रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–स्थित नगर अस्पतालमा विगत केही दिनदेखि विद्युत आपूर्ति नहुँदा बिरामीहरूले कठिनाइ भोग्नुपरेको छ। उपचारका क्रममा पर्याप्त प्रकाशको अभाव भएपछि स्वास्थ्यकर्मी र बिरामी दुवैलाई समस्या भएको छ।

बत्ती नभएकै कारण आपत्कालीन सेवा प्रभावकारी रूपमा सञ्चालन गर्न मुस्किल परेको स्थानीयले बताएका छन्। अस्पतालमा उपचाररत बिरामीहरू अध्यारोमा बस्न बाध्य भएको भिडियो सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि यस विषयले थप चासो खिचेको छ।

यो भिडियो विजय शाही मार्फत सार्वजनिक गरिएको हो।स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तत्काल ध्यान दिन र अस्पतालमा आवश्यक सुविधा सुनिश्चित गर्न माग गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय