प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति रामदत्त जोशीदलाई दर्ज्यानी चिन्ह प्रधान गरिएको छ।
नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहकाबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जोशीलाई दरज््यानी चिन्ह प्रदान गरेका हुन्।
सो अवसरमा प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक ई.दिपेश जोशीलाई समेत दर्ज्यानी चिन्ह प्रदान गरिएको थियो।
महानिरीक्षक कुँवरले आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रदर्शन गरेको दक्षता, कुशलता, इमानदारिता र राष्ट्र, जनता एवम् संगठनप्रति पु¥याएको योगदानको उच्च मूल्याङ्कनको आधारमा पदोन्नति भएको उनले चर्चा गरे।
उनले सांगठनिक सुदृढिकरण र संगठनको बृहत्तर हितको लागि पदोन्न्ति भएका प्रहरी अधिकृतहरूले अझ बढी क्रियाशील र समर्पित भएर विशिष्टिकृत ढंगबाट कार्यसम्पादन गर्ने विश्वास लिएको उल्लेख गरे।
व्यक्तिगत स्वार्थभन्दा पनि सांगठनिक हितको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको महानिरीषक कुँवरले बताए।
नेपाल प्रहरीको कार्यसम्पादनको स्तरलाई नविनतम प्रविधिको प्रयोगसँगै समायानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा उनले जोड दिए।







