बंगलादेशमा प्रदर्शनकारी विद्यार्थी प्रधानमन्त्री निवासमा प्रवेश गरेका छन्।
प्रधानमन्त्री शेख हसिनाले भने राजीनामा दिएर निवास छाडिसकेको सञ्चारमाध्यमहरुले जनाएका छन्। आन्दोलनकारी प्रधानमन्त्री निवास गण भवनभित्रै प्रवेश गरी त्यहाँबाट टेबुल कुर्सीहरु बाहिर निकालेको बताइएको छ।
सरकारी रोजगारीमा लागू भएको कोटा प्रणालीविरुद्ध शुरु भएको विद्यार्थी आन्दोलनका क्रममा ठूलो जनधनको क्षति भएको जनाइएको छ।
पछिल्लो समयमा प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै विद्यार्थीहरुले आन्दोलन थप चर्काएका थिए। आइतबार मात्र ९१ जनाको मृत्यु भएको थियो।