नेपाली कांग्रेसका चार जना मन्त्रीहरूको पद तथा गोपनीयताको शपथ आज हुने भएको छ।

कर्णाली प्रदेश सरकारमा जान लागेको नेपाली कांग्रेसका चारजना मन्त्रीको पद तथा गोपनीयताको शपथ आज हुने भएको हो। शपथ आज दुई बजे हुनेछ।

कांग्रेस संसदीय दलले गत शुक्रबार नै आफ्नो दलका तर्फबाट सरकारमा सहभागी हुने मन्त्रीको नाम मुख्यमन्त्री यामलाल कँडेललाई बुझाएको थियो।

शपथ लिनेमा आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाही, सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, उद्योग पर्यटन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी र खानेपानी, जलश्रोत, ऊर्जा विकास मन्त्रीमा विजय बुढा रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय