सरकारले १८ देशका लागि राजदूत सिफारिस गरेको छ। सोमबार साँँझ बसेको मन्त्रिपरिषद् बैठकले १८ देशमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो।

मन्त्रिपरिषद्को निर्णय औपचारिक रुपमा सर्वाजनिक नभए पनि बैठकले भारतको राजदूतमा डा. शंकर शर्मालाई निरन्तरता दिने निर्णय गरेको बताइएको छ। उनलाई अघिल्लो सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । तर, उनी अहिले पनि भारत मै छन्।

यस्तै, मन्त्रिपरिषद् बैठकले चीनका विष्णुपुकार श्रेष्ठ, रुसका मिलन तुलाधर र अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाशराज पोखरेललाई फिर्ता बोलाउने निर्णय गरेको बताइएको छ।

मन्त्रिपरिषद् बैठकले चीनको राजदूतमा कृष्णप्रसाद ओलीलाई सिफारिस गरेको छ। यस्तै, अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्र घिमिरे, दक्षिण कोरियामा शिवमाया तुम्बाहाङ्फे, मलेसियामा डा. नेत्र तिमल्सिनालाई राजदूतका लागि सिफारिस गरिएको बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय