निर्वाचन आयोगको आयुक्तका लागि प्रस्तावित कृष्णमान प्रधानको संसदीय सुनुवाइ बुधबार हुने भएको छ। संसदीय सुनुवाइ समितिले प्रधानको सुनुवाइ दिउँसो १ बजेबाट हुने जनाएको छ।
संवैधानिक परिषदले असार २ गते नै प्रधानलाई निर्वाचन आयुक्तमा नियुक्त गर्न सिफारिस गरेको थियो।
प्रधानको संसदीय सुनुवाइका लागि असार २० र २१ गतेलाई मिति तोकिएको छ। तर, उनीविरुद्ध उजुरीमाथि छलफल गर्नुपर्ने भन्दै समितिले सुनुवाई रोकेको थियो।
प्रधानविरुद्ध यौन दुर्व्यवहारको उजुरी परेको थियो। सुनुवाइ समितिले उजुरीकर्ताहरुसँग छलफल गरिसकेपछि प्रधानको सुनुवाइ रोकिएको थियो।







