रुकुम पश्चिम — नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला समिति सदस्य जनक बहादुर बटालाले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन्।
मिति २०८२ फागुन २८ गते लेखिएको राजीनामा पत्रमार्फत उनले नेपाली कांग्रेसको जिल्ला समिति सदस्यसहित पार्टीको साधारण सदस्यताबाट समेत अलग हुने निर्णय गरेको जानकारी दिएका हुन्।
पत्रमा उनले नेपाली कांग्रेसप्रति विश्वास राख्दै लामो समयदेखि पार्टीमा आबद्ध भएर संगठन निर्माण र पार्टीको पक्षमा सक्रिय रूपमा काम गर्दै आएको उल्लेख गरेका छन्। तर पछिल्लो समय पार्टीभित्र देखिएको अवस्था, कार्यशैली तथा आफ्ना विचार र भावनालाई उचित स्थान नदिइएको भन्दै आफू राजीनामा दिन बाध्य भएको बताएका छन्।
उनले पार्टीमा रहँदा संगठनलाई बलियो बनाउन आफ्नो तर्फबाट सक्दो योगदान दिएको उल्लेख गर्दै अब व्यक्तिगत कारणका कारण पार्टीका सबै जिम्मेवारीबाट अलग हुने निर्णय गरेको जनाएका छन्।
राजीनामा पत्रको अन्त्यमा उनले पार्टीका नेता तथा कार्यकर्ताप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि देश र समाजको हितका लागि निरन्तर लागिरहने बताएका छन्।







