चौरजहारी नगरपालिका:प्रगतिशील लोकतान्त्रिक पार्टीद्वारा चौरजहारी नगरपालिकामा आयोजना गरिएको चुनाव केन्द्रित बैठक तथा प्रशिक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम १५ माघ २०८२ का दिन पार्टीका आदरणीय नेता जनार्दन शर्माको प्रमुख उपस्थितिमा सम्पन्न भएको हो।
कार्यक्रममा नेता शर्माले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टीको नीति, विचार र कार्यदिशाबारे स्पष्ट धारणा प्रस्तुत गर्दै संगठनलाई थप सुदृढ र जनमुखी बनाउन कार्यकर्ताहरूलाई प्रशिक्षण दिनुभएको थियो। उहाँले लोकतन्त्र, सुशासन र सामाजिक न्यायका पक्षमा पार्टी दृढताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
बैठक तथा प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा स्थानीय तहका नेताहरू, जनप्रतिनिधि, सक्रिय कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले आगामी निर्वाचनमा पार्टीलाई विजयी बनाउने संकल्पसहित संगठन विस्तार र जनसम्पर्क अभियानलाई तीव्र बनाउने निर्णय गरेका छन्।
कार्यक्रमले चौरजहारी नगरपालिकामा प्रगतिशील लोकतान्त्रिक पार्टीको चुनावी अभियानलाई थप ऊर्जा र गति प्रदान गरेको सहभागीहरूको भनाइ रहेको छ।







